काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको भेटवार्तामा प्रचण्ड र ओलीबीच सरकार विस्तार र सभामुख निर्वाचनको विषयमा छलफल भएको हो । त्यस्तै दुई नेताबीच प्रदेश सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको जनाइएको छ ।
हालसम्म प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डललाई पुर्णता दिन सकेका छैनन् ।




प्रतिक्रिया