काठमाण्डु- सत्ता गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ । सोमबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यसबारेमा छलफल गर्न बालकोट पुगेका थिए । बालकोटमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भएको छलफलले मन्त्रालय भागवण्डा टुंगाएको हो ।
प्रचण्ड र ओलीबीच ८ सांसद बराबर एक मन्त्रालय पाउने गरी भागवण्डाको खाका बनेको छ । जसअनुसार एमालेले ८ मन्त्री र दुई राज्यमन्त्री लिनेछ । त्यस्तै माओवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउनेछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३ मन्त्री लिने सहमति जुटेको जनाइएको छ । त्यस्तै राप्रपाले उर्जासहित २ र जनता समाजवादी पार्टी (जसपा) ले सहरी विकास र अर्को एक मन्त्रालय पाउनेछ । जनमत, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई एक-एक मन्त्रालय छुट्याइएको छ ।
पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच निरन्तर छलफल भइरहेको छ । हालसम्म प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।




प्रतिक्रिया