काठमाण्डु- सत्ता गठबन्धनभित्र मन्त्रालयको भागबण्डामा सहमति जुटेको छ । सोमबार करिब पाँच घण्टासम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको भागबण्डामा सहमति जुटेको हो । जस अनुसार सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले ८ वटा मन्त्रालय पाउने भएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीबाहेक ४ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ भने राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री पाएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति जुटेको छ । यता जसपाले भने २ वटा मन्त्रालय प्रस्ताव गरिएकोमा स्वीकार गरेको छैन ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान तथा गृह मन्त्री रवी लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागि थिए । यसभन्दा अघि बालकोटमा प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।




प्रतिक्रिया