रास्वपाबाट खनाल र अर्याल मन्त्री बन्ने

रास्वपाबाट खनाल र अर्याल मन्त्री बन्ने


काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदहरु शिशिर खनाल र डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् । रास्वपाको भागमा गृह, शिक्षा र श्रम तथा रोजगार मन्त्रालय परेको छ । उसको भागमा एक राज्यमन्त्री र उपसभामुख समेत परेको छ ।

उपप्रधानमन्त्रीसहित गृहमा सभापति रवि लामिछाने नियुक्त भइसकेका छन् ।

रास्वपाले विज्ञताको आधारमा मन्त्री बनाउने निर्णय गरिसकेको छ । शिक्षामा खनाल र श्रममा ढकाल मन्त्री बन्ने निश्चित भइसकेको छ । उपसभामुखमा काठमाडौं २ बाट निर्वाचित सांसद सोविता गौतमलाई पठाउने तयारी छ ।

खनाल टिच फर नेपालका संस्थापक हुन् । उनले लामो समय शिक्षा क्षेत्रमा काम गरेका थिए । अर्याल भने रेमिटयान्स व्यवसायी हुन् । उनले जापानमा केही समय काम समेत गरेका थिए ।

राज्यमन्त्रीमा सन्तोष परियार या तोषिमा कार्कीमध्ये एक जनालाई पठाउनेसम्भावना छ । नयां मन्त्रीहरुको सपथ आजै ११ बजे गर्ने तयारी छ ।