काठमाण्डु- सत्ता गठबन्धनमा आवद्ध दलहरुले आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा दिएका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डललाई पुर्णता दिने भएका हुन् । नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आजै हुने कार्यक्रम रहेको छ ।
जसअनुसार सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने नेकपा माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाएको हो । यता जसपाले भने २ वटामा असहमति जनाएको छ ।
जसपाले असहमति जनाउँदै आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नाम समेत पठाएको छैन् । त्यसैगरी जनमत पार्टीले एउटा मन्त्रालय पाएको छ । रास्वपा र राप्रपाले एकएक राज्यमन्त्री पनि पाएका छन् ।
यस्तो छ प्रधानमन्त्री प्रचण्डको टिम:
उपप्रधानमन्त्री :
बिष्णु प्रसाद पौडेल, अर्थ
नारायणकाजी श्रेष्ठ, भौतिक पुर्वाधार
रवि लामिछाने, गृह
राजेन्द्र लिङदेन, उर्जा
कुन पार्टीबाट को-को बन्दैछन् मन्त्री ?
नेकपा एमालेबाट:
पदम गिरी, स्वास्थ्य
डा. विमला राई पौडेल, परराष्ट्र
हरि उप्रेती, रक्षा
ज्वाला कुमारी साह, कृषि
भगवती चौधरी,
दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
राजेन्द्र राई,
नेकपा माओवादी केन्द्रबाट
रेखा शर्मा, सूचना, सञ्चार तथा प्रविधिमन्त्री
सुदन किराँती , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
अमनलाल मोदी , संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री
सुशीला श्रीपाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री
रास्वपाबाट
शिशिर खनाल, शिक्षा
डिपी अर्याल, श्रम तथा रोजगार
राप्रपाबाट
विक्रम पाण्डे, सहरी विकास
ध्रुव प्रधान, कानून
जनमतबाट
अब्दुल खान,
राज्यमन्त्री
डा. तोसिमा कार्की, स्वाथ्य
दिपकबहादुर सिंह, ऊर्जा




प्रतिक्रिया