काठमाण्डु- नेपाली कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार संसद भवन पुगेर न्यौपानेले कांग्रेसको तर्फबाट सभामुखका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् । यता सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुख उम्मेदवारी दर्ता गरिसकेका छन् ।




प्रतिक्रिया