लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री गिरीले पाए विश्वासको मत


काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्। आज दिउँसो बसेको प्रदेश सभाको चौथो बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिएका हुन् । सत्तारुढ सबै दलका सांसदले उनलाई विश्वासको मत दिएका छन् ।

८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए। जसमा मुख्यमन्त्री गिरीको पक्षमा मतदानमा ५७ र विपक्षमा २८ मत खसेको प्रदेशसभा सचिवालयले जनाएको छ।