सभामुख घिमिरेले गरे एमालेबाट अलग भएको घोषणा

सभामुख घिमिरेले गरे एमालेबाट अलग भएको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनिर्वाचित सभामुख देवराज घिमिरे एमालेको सम्पूर्ण जिम्मेवारीबाट अलग भएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका निभाउनुपर्ने भएकाले एमालेमा रहेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन् ।

घिमिरेले एमालेको पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन् । उनी बिहीबार प्रतिनिधिसभाबाट सभामुखमा निर्वाचित भएका थिए । घिमिरे एमाले स्थायी कमिटी सदस्य, पार्टीको प्रदेश १ इन्चार्जसमेत थिए । उनले आजै पद तथा गोपनीयताको शपथपछि पदभार सम्हाल्ने कार्यक्रम छ ।