नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं : अध्यक्ष ओली

नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं : अध्यक्ष ओली

हामी असल छिमेकी हुन चाहन्छौं

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने बताएका छन् ।

एमाले विदेश विभागले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाली भूमि कसैकाविरुद्ध प्रयोग गर्न नदिने बताएका हुन् । ‘हाम्रो भूमि कसैकाविरुद्ध प्रयोग गर्न दिँदैनौं । सबैसँग मित्रता, मित्रताको नीतिबाट अगाडि बढ्छौं’, ओलीले भने ।

‘दुइ छिमेकीसंग कार्ड खेल्ने होइन । सन्तुलीत, विश्वसनिय भरपर्दो, एउटाको हित अर्काको अहित गर्ने कार्य गर्नुहुँदैन । हामी असल छिमेकी हुन चाहन्छौं। कुभलो गर्दैनौं । उनीहरूका जायज चासो चिन्तालाई सम्बोधन गरेर अगाडी जान्छौं अध्यक्ष ओलीले भने,।