प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउने छु : सभामुख घिमिरे

प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउने छु : सभामुख घिमिरे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले प्रतिनिधिसभालाई व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका छन् ।

शुक्रबार सभामुखको पद तथा गोपनीयताकाे शपथग्रहणपछि सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा कार्यभार सम्हाल्दै नवनिर्वाचित सभामुख घिमिरेले संसद्‍लाई बढीभन्दा बढी व्यवस्थित र मर्यादित बनाउन प्रयत्न गर्ने बताएका हुन् । उनले संसद्लाई अझ बढी क्रियाशील बनाउन पनि प्रयत्न गर्ने उल्लेख गरे ।

संसद्लाई प्रभावकारी ढंगले अगाडि बढाउने उनकाे भनाइ छ । सभामुख घिमिरेले नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया र अभ्याससम्बन्धी एक कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरे ।