काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएकाे हाे ।
भेटघाटमा विभिन्न समसामायिक विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । घिमिरे बिहीबार सभामुख पदमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया