कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउला ?

कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाउला ?


काठमाण्डु- नेपाली कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिनुपर्ने माग गरेको छ । काग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दिएको हो ।

संसदको सबै भन्दा ठुलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने आँकलन गरिएको थियो । तर, पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएपछि कांग्रस अब प्रतिपक्षी दल हो या होइन भन्ने प्रश्न खडा भएको छ ।

यसैबीच कांग्रेसले भने आफू प्रमुख विपक्षी दल भएको दावी गर्दै प्रमुख प्रतिपक्षी दलले पाउने सेवासुविधा माग गर्दै संघीय संसद् सचिवालयमा निवेदनसमेत दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने नेपाली कांग्रस विपक्षी दल नभएको बताउँदै आएका छन् ।

यता प्रधानमन्त्रीलाई विश्वासको मत दिएको पार्टी विपक्षी दल हुन नसक्ने भन्दै नेपाल मजदुर किसान पार्टीले विपक्षी दलको मान्यताका लागि सभामुखलाई निवेदन दिइसकेको छ । यी दुई दल मध्ये प्रमुख प्रतिपक्षी दलको मान्यता कसले पाउँछ भन्नेबारे अन्यौल छ ।