ठूला दलका नेता राजाजस्तै आउनेजाने हाे भने संसद्को गरिमा रहँदैन : सीके राउत

ठूला दलका नेता राजाजस्तै आउनेजाने हाे भने संसद्को गरिमा रहँदैन : सीके राउत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिँदै राउतले सांसदहरुलाई बोल्नका लागि दिने समयमा पुनर्विचार गर्न र संविधानको भावनाअनुसार संसद्को नियमावलीमा संशोधन गर्नुपर्ने बताएका हुन् ।

राउतले भने ‘संसद्‍मा सांसदहरुलाई बोल्नका लागि समय दिने विषयमा पुनर्विचार गर्नु पर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसै संसद संचालन नियमावलीमा मन्त्रीहरुको उपस्थिति हुनुपर्ने देखिन्छ । तर सानासाना पार्टीहरुलाई मात्रै लाग्ने हो कि सबै पार्टीहरुलाई लाग्ने हो ? ठूला पार्टीहरुलाई राजा जस्तै आउने, राजाजस्तै जाने नै हो भने चाहिँ यो संसद्को गरिमा त्यतिसाह्रो रहन्छ जस्तो चाहिँ हामीलाई लागेको छैन ।

२०७५ सालको भदौमा हाम्रो पार्टीका संगठनका एक जना कार्यकर्तालाई कुनै मन्त्रीलाई प्रश्न सोध्न आयो भने आरोपमा प्रहरीले गिरफ्तार गरेर अनि हिरासतमा उहाँको मृत्यु हुँदाखेरी यो प्रकरणलाई यो संसद्‍मा उठाउँदाखेरी तत्कालीन गृहमन्त्रीज्यूले उहाँको नाम यहाँ उच्चारण गर्न पाइँदैन भनेर त्यतिखेर भनिएको थियो । त्यो अलोकतान्त्रिक अभ्यासचाहिँ यस पटक हुनेछैन भन्ने कुरा यहाँ ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।