काठमाण्डु- बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने भएका हुन् ।
यसबारे मुख्यमन्त्री जमरकट्टेलले सत्ता साझेदार दलहरुसँगको छलफल गरेका थिए । भागबण्डामा सहमति जुटेपछि आज साँझसम्म उनले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् । जसअनुसार नेकपा माओवादीले मुख्यमन्त्री र तीन मन्त्रालय पाउने भएको छ भने नेकपा एमालेले चार मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै राप्रपाले तीन मन्त्रालय पाउने भएको छ ।
एमालेले एकलाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, जगन्नाथ थपलियालाई मन्त्रीका रुपमा पठाउने भएको छ । त्यसैगरी माओवादी केन्द्रले मुख्यमन्त्री र तीन मन्त्री पाएको छ । माओवादीले मन्त्रीमा युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तानलाई सरकारमा पठाउने भएको हो ।
राप्रपाको भागमा पर्यटन, उद्योग तथा सहकारी र वन तथा वातावरण मन्त्रालय परेको छ। राप्रपाले पठाउन लागेका मन्त्रीको टुंगो लगाउन बाँकी रहेको जनाएको छ। यसअघि नै मन्त्री भएका राप्रपाका उद्वव थापाले खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय पाएका छन्।




प्रतिक्रिया