आशंका मेटाउन अध्यक्ष ओली बालुवाटारमा

आशंका मेटाउन अध्यक्ष ओली बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।  प्रचण्ड प्रधानमन्त्री भएपश्चात् उत्पन्न विभिन्न आशंका मेटाउन र मन माझामाझका लागि ओली बालुवाटार पुगेका थिए ।

आजको भेटवार्तामा यी दुई नेताबीच राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा छलफल भएको छ । दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।