काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन्।
उपसभापति खड्काले आज ट्वीट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका हुन् ।
‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘यसतर्फ बेलैमा ध्यान जाओस्।’
कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवारी दिने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा सहयोग गर्न माओवादीलाई आग्रह गर्दै आएको छ।




प्रतिक्रिया