रवि लामिछानेले लिए नेपाली नागरिकता

रवि लामिछानेले लिए नेपाली नागरिकता


काठमाण्डु- रवि लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरेका छन् । निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नेपाली नागरिकता पुनः प्राप्त गरेका हुन् ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री र सांसद पद नै गएको थियो । उनले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनप्राप्ति प्रक्रियामा गएका थिएनन् र पुरानै नेपाली नागरिकता प्रयोग गर्दै आइरहेका थिए ।

अदालतको आदेशपछि लामिछाने आइतबार पुनः नेपाली नागरिकता प्राप्तिको लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डु पुगेका थिए ।