काठमाण्डु- रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । रविले नेपाली नागरिकता पुनः प्राप्त गरेसँगै उनलाई पार्टी सभापति घोषणा गर्न लागिएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले लामिछानेलाई पार्टी अध्यक्षमा फर्काउनकै लागि केन्द्रीय समिति बैठक बोलाएको छ। आइतबार अपरान्ह ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको पार्टी प्रवक्ता मुकुल ढकालले बताए ।
सर्वोच्चले ‘पुरानो नागरिकतालाई वैधता दिन नसकिने’ भन्दै खारेज गरेसँगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र सांसद पद नै गएको थियो ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाण्डुबाट नागरकिता लिएसँगै उनलाई फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपा प्रवक्ता मुकुल ढकालले बताएका छन् ।




प्रतिक्रिया