माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार पनि बस्दैछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक सोमबार पनि बस्न लागेको हो ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।