सुर्खेत – सुर्खेतमा एक युवा मृत भेटिएका छन्।वीरेन्द्रनगर नगरपालिका १० स्थित इत्राम खोला पुलमा एक युवक झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।
मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ वर्षका मिलन बुमी रहेको प्रहरीले जनाएको छ । उनी वीरेन्द्रनगर १० मा बस्दै आएको बुझिएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया