रविलाई गृहमन्त्री बनाउन सहमत भएनन् प्रचण्ड, रास्वपा सरकारबाट बाहिरिने संकेत!

रविलाई गृहमन्त्री बनाउन सहमत भएनन् प्रचण्ड, रास्वपा सरकारबाट बाहिरिने संकेत!

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निवर्तमान गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटारबाट फर्किएका छन् । मंगलबार बिहानै रवि लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्न बालुवाटार पुगेका थिए ।

बालुवाटारमा भएको भेटवार्तामा रविले आफूलाई पुनः गृहमन्त्री बनाउन प्रचण्डलाई आग्रह गरे । तर, प्रधानमन्त्री प्रचण्डले भने उनलाई गृहमन्त्री बनाउन नसकिने जवाफ दिए । त्यसपछि रवि बालुवाटारबाट फर्किएका हुन् ।

यसभन्दा अघि आइतबार पनि उनी प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए । त्यस दिन पनि प्रचण्डले नागरिकता विवादबारे टुंगो नलाग्दा सम्म गृहमन्त्री बनाउन नसकिने जवाफ दिएका थिए ।

आजको भेटवार्तामा पनि प्रचण्ड सकरात्मक नभएपछि अब अगाडि कसरी बढ्ने भन्नेबारे रविले पार्टीमा छलफल गर्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह आफूलाई नदिए सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ ।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गुमाएका थिए । आइतबार रविले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् ।