काठमाण्डु- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन दबाब आएको बताएका छन् ।
मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले रविलाई गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका हुन् । त्यस्तै प्रचण्डले लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताए ।
रविलाई गैरसांसदको रुपमा गृहमन्त्रीमा नियुक्त गर्न सबैतिरबाट दबाब आइरहेको उनको भनाइ छ । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर सर्वोच्च अदालतले गरेपछि रवि लामिछानेको संसद पद गुमाएका थिए ।
आइतबार रविले नेपाली नागरिकता पुनः प्राप्त गरिसकेका छन् । त्यसकारण रविलाई गैरसांसदको रुपमा पुनः गृहमन्त्री बनाउनुपर्ने नेकपा एमालेको पनि दाबी छ । तर, प्रधानमन्त्री प्रचण्डले भने रविलाई गृहमन्त्री नबनाउन सकिने जवाफ दिएका छन् ।




प्रतिक्रिया