विश्वप्रकाशले दोहोर्‍याए – कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुन्छ

विश्वप्रकाशले दोहोर्‍याए – कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दोहोर्‍याएका छन्।

मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उनको भनाइ छ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए।

‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन। अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौं’, उनले भने।

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो।