उपप्रधानमन्त्री लिङदेन र अमेरिकी राजदूतबीच भेटवार्ता

उपप्रधानमन्त्री लिङदेन र अमेरिकी राजदूतबीच भेटवार्ता


काठमाण्डु- उपप्रधान तथां ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले भेटवार्ता गरेका छन् ।

बुधबार मन्त्री लिङदेनलाई भेट्न राजदूत थम्पसन मन्त्रालय पुगेका हुन् । उक्त भेटवार्तामा उनीहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा उपप्रधानमन्त्री लिङदेनले ऊर्जाको विकास, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे । उनले ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आउँदा दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।