काठमाण्डु – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ। बुधवार बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेपछि पुन: आज बैठक बस्दै छ ।
स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय बिभागमा जिम्मेवारी बाँडफाट गर्ने एजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो । जस अनुसार केन्द्रिय विभागहरूको गठन तथा नेतृत्व चयनको जिम्मेवारी तोकिने बताइएको छ ।
साथै, आजकाे बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानका बारेमा पनि छलफल हुनेछ।




प्रतिक्रिया