काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
केन्द्रीय कार्यालयमा बिहीबार अपरान्ह ४ बजे बस्नेगरी पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको प्रवक्ता डा मुकुल ढकालले जानकारी दिए ।
सात दलीय भागबन्डामा परेको गृह मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिने वा अडिने भन्ने अन्तिम निर्णय लिन रास्वपाले बैठक बोलाएको जनाइएको छ ।
पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई दिएको अल्टिमेटम ७२ घन्टा कटिसके पनि रास्वपा हालसम्म सरकारबाट बाहिरिएको छैन । प्रधानमन्त्रीले गृह मन्त्रालय दिने–नदिनेबारे कुनै संकेत नदिइएकाले बैठक बसेर अन्तिम निर्णय गर्न लागिएको हो ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा समीक्षालगायतका विषयमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया