कस्ताे रहला शुक्रबारकाे माैसम पूर्वानुमान ?

कस्ताे रहला शुक्रबारकाे माैसम पूर्वानुमान ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । आज बिहान देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु/कुहिरो लागेको छ।

देशका कुनै पनि स्थानमा वर्षा र हिमपातको सम्भावना छैन। जसका कारण देशभरकै तापक्रम क्रमशः बढ्दै गएको महाशाखाले जनाएको छ।

विभागले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागमा आंशिक बदली रहने जनाएको छ। देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सु र कुहिरोले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै सतर्क रहन भनेको छ ।