अयोध्यामा नेपाल हाउस बनाउन पूर्वसांसद अभिषेक साहको आग्रह

अयोध्यामा नेपाल हाउस बनाउन पूर्वसांसद अभिषेक साहको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता तथा पुर्व सांसद अभिषेक प्रताप शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन आग्रह गरेका छन् ।

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर साह नेतृत्वको चार सदस्यीय नेपाली टोलीले अयोध्यामा नेपाल हाउस बनाउन आग्रह गरेको हो ।

बिहीवार मुख्यमन्त्रीको सरकारी निवासमा भएको भेटवार्तामा साहले अयोध्यामा नेपाल हाउस बनाउन गरेको प्रस्तावप्रति मुख्यमन्त्री आदित्यनाथले सकारात्मक रहेको भेटमा सहभागी नेपाल फाउन्डेसनका अध्यक्ष विकास ठाकुरले जानकारी दिए ।

ठाकुरका अनुसार मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा नेपाल हाउस बनाउने प्रतिबद्धता पनि जनाएका छन् ।