राष्ट्रपतिका लागि स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कार्की

राष्ट्रपतिका लागि स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको हो : नेता कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता एवम् पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका छन् ।

शुक्रबार सुनसरीको हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्‌घाटन कार्यक्रममा बोल्दै उनले राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमति हुन्छ भनेर बालहठ देखाएको जिकिर गर्दै त्यसले मुलुकलाई अघि बढाउन नसक्ने बताए।

‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमति हुन्छ भन्नु त्यो बालहठ हो। र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन। र, यो सम्मानित संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नु पर्नेछ। त्यो व्यक्तित्व नेपाली कांग्रेसभित्र नै छ भन्ने कुरा पनि म यहाँहरुलाई निवेदन गर्न चाहन्छु,’ कार्कीले भने।

नेता कार्कीले नेपाली कांग्रेस अहिले पनि राजनीतिको केन्द्रविन्दुमा रहेको दाबी गर्दै कांग्रेसलाई खोज्दै सत्ता आफैं आउने टिप्पणी गरे।