अमेरिकाले सोलोमन टापुमा दूतावास खोल्यो

अमेरिकाले सोलोमन टापुमा दूतावास खोल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकाले सोलोमन टापुमा दूतावास खोलेको छ। एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको एनएचके वल्र्डले दाबी गरेको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनु दुई देशबीच विद्यमान सुमधुर सम्बन्धको नवीकरणको प्रतीक भएको बताए। सन् १९९३ मा अमेरिकाले टापु राष्ट्रमा रहेको आफ्नो दूतावास बन्द गरेको थियो।

“आज हामी संयुक्त राज्य अमेरिकाको होनियारा, सोलोमन टापुमा दूतावास खोलेका छौँ, हामीले दूतावास स्थापना गर्ने चाहना घोषणा गरेको एक वर्षभन्दा कम समयमै त्यो पूरा भएको छ। यसबाट हाम्रो सम्बन्ध नविकृत भएको छ, यसले हाम्रो द्विपक्षीय सम्बन्धप्रतिको प्रतिबद्धता झल्काउँछ। सोलोमन टापुका जनता तथा एशिया–प्रशान्त क्षेत्रमा हाम्रो साझेदारी बढाउन सहज हुनेछ,” अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अमेरिकाले सोलोमन टापुसँग आर्थिक विकास तथा साझेदारी, कोभिड–१९ महामारीविरुद्धको लडाइँ, जलवायु परिवर्तनका चुनौतीलगायत समस्या सम्बोधनमा सघाएको तथा ती क्षेत्रमा जारी सहयोग एवम् साझेदारीलाई सुदृढ गर्न तत्पर रहेको जनाएको छ।

जनता–जनताबीचको सम्बन्ध विस्तारमा दूतावासको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दैै विज्ञप्तिमा प्रशान्त क्षेत्रका अन्य टापु राष्ट्रसँगको साझेदारी प्रवद्र्धनमा बल पुग्ने विश्वास व्यक्त गरिएको छ।