बहालवाला कर्मचारीलाई उमेरहदकै कारण प्रतिस्पर्धामा नरोक्न सर्वाेच्च अदालतको आदेश

बहालवाला कर्मचारीलाई उमेरहदकै कारण प्रतिस्पर्धामा नरोक्न सर्वाेच्च अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले बहालवाला कर्मचारीलाई लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गराउन अन्तरिम आदेश दिएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश कुमार चुँडालको एकल इजलासले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा बहालवाला कर्मचारीलाई सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।

प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद नलाग्ने ठहर गर्दै सर्वाेच्चले उनीहरुलाई लोकसेवाको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको हो ।