काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन लामो समय नटिक्ने बताएका छन् ।
ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिवारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै अध्यक्ष नेपालले सत्ता गठबन्धनभित्र खटपट सुरु भएकाले हालको सरकार लामो समय नटिक्ने दाबी गरेका हुन् ।
सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौँ । खटपट सुरु भइसकेको छ । हाम्रो ध्यान अरू कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ ।’, माधव नेपालले भने ।
संसद्को रोष्टममा उभिएर संविधानको विरोध गरिएको भन्दै उनले गुनासोसमेत गरेका छन् ।




प्रतिक्रिया