मकवानपुर – रिद्दी सिद्धि सिमेन्ट लिमिटेडको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएकाे छ।
राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्सस ( पुरानो मेडिकल कलेज) को प्राविधिक सहयोग रहेको थियो।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका सिईओ गुण बहादुर खनालको प्रमुख आतिथ्यतामा संचालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा नेउपाने, समाजसेवि सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत देव चन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए। कार्यक्रममा जनरल फिजिसियन , बाल रोग, महिला रोग , हाड जोर्नि तथा नशा रोग, छाला रोगको परिक्षण तथा औषधि वितरण समेत गरिएको थियो ।
रिद्धि सिद्धि सिमेन्ट लिमिटेडका खानी प्रमुख गणेश कुमार सिह , प्रशासन् प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरु प्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।
उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए। राक्सिराङ्ग गाउपालिका वडा नं ४ का अध्यक्ष
सन्जय कोईरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको
थियो।
प्रतिक्रिया