फर्किए डेविड वार्नर : चार खेलमा बनाए १२७ रन

फर्किए डेविड वार्नर : चार खेलमा बनाए १२७ रन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व क्रिकेटका चर्चित ब्याटर अस्ट्रेलियाका डेभिड वार्नरको नेपाल प्रिमियर लिग (एनपीएल)का खेल खेलेर फर्किएका छन् ।

वार्नर काठमान्डु गोर्खाजबाट एनपीएलमा चार खेल खेलेर फर्किएका हुन् ।

काठमान्डुले वार्नर सहभागी सबै खेल जितेको छ । ती खेलमा वार्नरले उत्कष्ट प्रदर्शन गरेका थिए । वार्नरले चार खेलमा कुल १२७ रन बनाएका छन् ।

चार खेल खेलेर स्वदेश फर्किएका वार्नरले ब्याटबाट १२७ रन बनाउनुका साथै आफू सहभागी भएका सबै खेलमा टोलीको जित देखे । एनपीएल खेल्न नेपाल आएका वार्नरले काठमान्डु गोर्खाजका लागि चार खेल खेलेपछि आफ्नो यात्रा टुङ्ग्याएका हुन् ।

गोर्खाजका म्यानेजर दीपक केसीले सामाजिक सञ्जालमार्फत वार्नरलाई धन्यवाद दिँदै उनी स्वदेश फर्किएको जानकारी दिएका छन्। अब गोर्खाजले बाँकी खेलमा वार्नरबिनै आफ्नो यात्रा अघि बढाउनेछ ।