काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले १२ भाइ पत्रकारले एकपछि अर्कोगर्दै आफूलाई खेदेको बताएका छन् ।
पत्रकारमाझ उनले आफूलाई खासगरी मिडियाले नै चारैतिरबाट प्रहार गरेको बताए । उनले भने, मेरो अपराध के हो ? १२ भाइ सम्पादकले चौतर्फी प्रहार गरे’
‘अनलाइन, कान्तिपुरमा सही आएको छ ?,’ उनको आक्रोश थियो, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ? देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस् !’
प्रधानमन्त्री र आफूबीच भएका कुरा आफूहरूले कसैलाई नभने पनि पत्रकारहरूले आफ्नो मनमा लागेको कुरा लेखेका भन्दै आक्रोश पोखे भने, ‘लाज लाग्दैन तपाईंहरूलाई, मलाई चरित्रहीन बनाएर समाचार लेखिएको छ।’
‘जसले आफूलाई चरित्रहीन देखाएको छ आउनुस् सम्पादकहरू’ उनले भने। धेरै सञ्चारमाध्यम तथा तिनका सञ्चालकहरू नामै किटेर उनले त्यस्ता मिडियाहरूले आफूहरूलाई सदैव असहयोग गरेको बताए।
पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति निकैबेर खनिएका उनले विभिन्न समयमा छापिएका समाचारका उदाहरण प्रस्तुत गर्दै सञ्चारमाध्यम र तिनका मालिकहरूले गलत गर्दा पनि पत्रकारहरूले लेख्न नसकेको बताइरहे।




प्रतिक्रिया