गोकुल बास्कोटाको टिप्पणी : रविले निस्फिक्री बोले

गोकुल बास्कोटाको टिप्पणी : रविले निस्फिक्री बोले


काठमाण्डु- नेकपा एमालेका नेता तथा सांसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार दिएको अभिव्यक्तिप्रति समर्थन जनाएका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बास्कोटाले रविले निस्फिक्री बालेको टिप्पणी गरेका हुन् । मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ उनले भनेका छन् ।हिजोको पत्रकार सम्मेलनमा रविले नेता बास्कोटाको नाम लिएका थिए ।