प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न बदल्ने

प्रचण्डको प्रस्तावमा माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न बदल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव अनुसार माओवादीले पार्टीको नाम र चुनाव चिह्न बदल्ने भएको छ ।

१२ देखि २१ माघसम्म सञ्चालित माओवादीको स्थायी कमिटी बैठकमा प्रचण्डले नाम, चुनाव चिह्न बदल्ने प्रस्ताव गरेका थिए । प्रचण्डको उक्त प्रस्ताव अनुसार माओवादी केन्द्रले पार्टीको नाम र चुनाव चिह्न बदल्ने भएको हो ।अब स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डको प्रस्तावलाई पास गरेपछि पार्टीको नाम र चुनाव चिह्न बदलिने जनाइएको छ ।

‘संरचनागत, विधि र पद्धति, नाम र चिह्न लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जनमनोविज्ञान, भू-राजनीतिक व्यवस्थालाई एवं प्रतिस्पर्धा समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ ।’, प्रचण्डले प्रस्तावमा भनेका थिए ।

त्यस्तै प्रस्तावमा प्रचण्डले २०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा ३१ लाखभन्दा बढी मत पाएको माओवादी २०७९ सालमा ११ लाख ७५ हजारमा खुम्चँदै काठमाण्डु उपत्यकामा निल हुनुको कारण पत्ता लगाउने प्रयास गरेका छन् ।