दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने-प्रेम र विश्वास अझ प्रगाढ बनोस्

दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने-प्रेम र विश्वास अझ प्रगाढ बनोस्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्रीले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।

भाइटीकाको अवसरमा आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना दिँदै प्रधानमन्त्रीले यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा भाइटीकासँग जोडिएको पौराणिक मान्यतासमेत स्मरण गरेका छन्। पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेका थिए। त्यस अवसरमा यमुनाले आफ्ना दाजु यमराजलाई विधिपूर्वक टीका र पूजा गरी आदरसत्कार गरेकी थिइन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न भएका यमराजले यस दिन बहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले भाइटीकाले नेपाली समाजमा पुस्तौँदेखि कायम पारिवारिक सम्बन्ध, प्रेम र आत्मीयतालाई थप बलियो बनाउँदै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र मंगल ल्याओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।