काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज अपरान्ह सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
दुई नेताबीच राष्ट्रपति निर्वाचन, रास्वपाले सरकार छाडेपछिको परिस्थिति, सुदुरपश्चिम प्रदेश सरकारलगायतको विषयमा छलफल भइरहेको बताइएको छ ।
आजै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने पनि तयारी छ।




प्रतिक्रिया