काठमाण्डु – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका छन्।
शुक्रबारबाट काठमाडौंमा शुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताएका बताएका हुन्।
उनले अबको वैकल्पिक राजनीतिक कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको बताए।
उनले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामुलक लोकतन्त्र रहेको उल्लेख गरे। अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरुलाई बलियो बनाएर सुशासन कायम गर्नु रहेको उनको भनाइ छ। भट्टराईले अब देशलाई सुशासन र समृद्धिको दिशातर्फ अघि बढाउन ढिलो भइसकेको बताए।




प्रतिक्रिया