सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गाेपनीयताकाे शपथ लिएका छन्।

शुक्रबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । मुख्यमन्त्री शाहसहित आर्थिक मामिला मन्त्रीमा एकीकृत समाजवादीका नरेश शाही र भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेसका प्रकाशबहादुर देउवाले पनि शपथ लिएका छन्।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।