काठमाण्डु – नेकपा माओवादी केन्द्रले साेमबार २८ औँ जनयुद्ध दिवस मनाएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद स्तम्भमा माल्यार्पण गरेका छन्।
जनयुद्ध दिवसका अवसरमा माओवादीको केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा आयाेजित कार्यक्रममा सहिद स्तम्भमा माल्यार्पण गरेका हुन्।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनयुद्धको घोषणा गरेको थियो । उक्त युद्ध १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत टुंगिएको थियो ।






प्रतिक्रिया