पुस्कर कार्कीसहित तीन डिआइजीकाे एआइजीमा बढुवा सिफारिस

पुस्कर कार्कीसहित तीन डिआइजीकाे एआइजीमा बढुवा सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– तीन जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस भएका छन्।

बढुवा सिफारिस समितिको मंगलबारको बैठकले डिआइजीहरु पुस्कर कार्की, ठूले राई र धीरु बस्नेतलाई एआइजीमा बढुवाका लागि सिफारिसको निर्णय गरेको हो।

सरकारले सर्वेन्द्र खनाललाई आईजीपी नियुक्त गरेपछि उनका ब्याची रमेश खरेलले डीआईजी पदबाट राजीनामा दिएका थिए। आईजीपीमा खनालसँगै प्रतिस्पर्धामा रहेका कार्की  पहिलो नम्बरमा रहेकाेमा बढुवामा पनि पहिलाे नम्बरमा परेका छन्।  राई दाेस्राे र  बस्नेत तेस्राे नम्बरमा बढुवा सिफारिस भएका छन्।

प्रहरी नियमावली २०७१ को नियम २७ को १ (क) अनुसार एआईजी बढुवा समितिम गृहसचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ।

नेपाल प्रहरीको तीन वटा अतिरिक्त महानिरीक्षक पद २९ चैत २०७४ देखि रिक्त रहेको थियाे। जसका लागि  सिनियर डीआईजी पुस्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्नेत र सुरेशबिक्रम शाह प्रतिस्पर्धामा रहेका थिए।

मन्त्रिपरिषद्को २४ जेठको बैठकले नेपाल प्रहरीमा कायम रहेका १५ एआईजी पदलाई कटौती गरी ३ जनाको दरबन्दी कायम गर्ने निर्णय गरेकाे थियाे।