काठमाण्डु – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐनलाई अन्तिम रुप दिन काम तिब्र बनाएका छन् ।
केही दिन यता संघीय निजामत ऐनबारे विज्ञहरुसँग छलफल गरिरहेका मन्त्री मोदीले आज आइतबार पूर्व मन्त्रीहरुसँग परामर्श गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै सम्हालिसकेका पूर्व मन्त्रीहरु हृ्दयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लालबाबु पण्डित, टेकबहादुर बस्नेत र गणेश ठगुन्नासँग छलफल गरेका हुन् ।
मन्त्रालयका सचिव कृष्णहरी पुष्करसहित सहभागि छलफलमा संघीय निजामती ऐनलाई समय सापेक्ष रुपमा परिस्कृत गर्दै सकेसम्म छिटो संसदमा लैजाने विषयमा छलफल भएको मन्त्री मोदीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतले ऐनबारे चासो व्यक्त गरेपछि मन्त्री मोदीले विभिन्न पक्षसँग छलफल गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् । जारी संसदको अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेश गर्ने मन्त्रालयको तयारी छ ।
नेपाल सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरिरहेका विकास साझेदार निकायहरुले पनि ऐनबारे चासो व्यक्त गर्ने गरेका छन् ।




प्रतिक्रिया