राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतलाई मन्त्री मोदीको निर्देशन

राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतलाई मन्त्री मोदीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले आफ्नो कार्यसम्पादनको हरेक क्षण राष्ट्रको पक्षमा काम गर्न नयाँ शाखा अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३६ औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दैँ मन्त्री मोदीले कुनैपनि लोभको पछि नलागीकन राष्ट्रको हितको पक्षमा काम गर्न निर्देशन दिएका हुन् ।

“इजिमनी अर्नको अहिले फेसन चलिरहेको छ, कसरी हुन्छ, के गरी हुन्छ छिटो पैसा कमाउने कुरा अहिले फेसन बनेको छ”मन्त्री मोदीले भने, “तपाईसँग मेरो आग्रह छ भने तपाईहरुले आफ्नो प्रतिष्ठालाई बचाएर राष्ट्रको पक्षमा काम गर्नुस् ।”

मन्त्री मोदीले उत्कृष्ट ढंगबाट कार्य सम्पादन गर्नेतिर ध्यान दिनपनि आग्रह गरे । उनले भने, “अहिले सरुवाका लागि नेता र ठूला कर्मचारी बोकेर हिड्नुपर्ने अवस्था छ, तर तपाईहरुलाई मेरो आग्रह छ तपाईहरु राज्यले खोज्ने कर्मचारी बन्नुस्, फलाना कर्मचारी मेरो मन्त्रालयमा ल्याउन पाए हुन्थ्यो भन्नेसम्मका तरिकाले काम गर्नुस् ।”

लोक सेवामार्फत् हालै शाखा अधिकृतमा नियुक्त भएका २३९ जना प्रशिक्षणमा सहभागी छन् । प्रशिक्षण ६ महिनासम्म चल्नेछ ।