जनकपुर – इलाका प्रहरी कार्यालय रामगोपालपुर महोत्तरीका प्रहरी नायव निरीक्षक (सई) रामबाबु प्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले घुससहित पक्राउ गरेको छ।
प्रहरी नायव निरीक्षक यादवलाई ५ हजार घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार दिउँसो रंगेहात पक्राउ गरेको हो।
भारतबाट समान ल्याउन बोर्डर मिलाइ दिने भन्दै व्यपारीबाट रुपैयाँ लिँदै गर्दा प्रहरी नायव निरीक्षक (सई) यादवलाई रामगोपालपुरबाट पक्राउ गरेको आयोगले जनाएको छ।




प्रतिक्रिया