काठकमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापा पुगेर काठमाडौँ फर्केका छन्। झापामा नेपाली सेनाको २१ नम्बर बाहिनी रहेकाले त्यसको निरीक्षणका लागि थापा त्यहां पुगेका हुन्।
झापास्थित सो बाहिनीको निरीक्षण गर्नुअघि प्रधानसेनापति थापा उदयपुर पुगेका थिए, जहाँ नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ।उनले नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको पनि निरीक्षण गरेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ।
प्रधानसेनापति भएपछि थापाले पहिलो निरीक्षण भ्रमण धनकुटाको हिलेस्थित नेपाली सेनाको २ नं बाहिनी अड्डामा गरेका थिए। निरीक्षण भ्रमणका क्रममा थापाले पृतना तथा बाहिनीहरुको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गरेका थिए।




प्रतिक्रिया