काठमाडौं– महानगरिय प्रहरी परिसर काठमाडाैंले चितुवाको छाला, हड्डी तथा बाघको छाला सहित जमल र बौद्ध आरुवारीबाट बुधबार चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका–९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् । काठमाडाै महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेड किलो सहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई आरुवारीबाट बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।




प्रतिक्रिया