राष्ट्रपति कांग्रेसलाई दिने आठ दलको सहमति

राष्ट्रपति कांग्रेसलाई दिने आठ दलको सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरूको बैठकले कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ बसेको आठ दलकाे बैठकले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने सहमति गरेको हाे।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो।

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा हुँदैछ। त्यसका लागि भोलि शनिबार उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका ।