डिएसपी सञ्जयलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतको आदेश

डिएसपी सञ्जयलाई थुनामै राखेर अनुसन्धान गर्न अदालतको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत विराटनगरले सुन तस्करी र संगठित अपराधका अभियुक्त डिएसपी सञ्जयबहादुर राउतलाई थुनामै राखेर कारवाही अघि बढाउन आदेश दिएको छ।

न्यायाधीश थीरबहादुर कार्की र हरिप्रसाद भण्डारीको संयुक्त इजलासले जिल्ला अदालत मोरङकै आदेशलाई सदर गरेको हो। डिएसपी राउतलगायतका अभियुक्तहरुले पुर्पक्षका लागि थुनामा नराखी साधारण तारेखमा रिहा गरेर मुद्दाको पुर्पक्ष गरिपाउँ भन्दै निवेदन दिएका थिए।

अदालती बन्दोबस्तीको महल १७ अनुसार फौजदारी अभियोगमा जुनसुकै तहको अदालतबाट हुने थुनछेक आदेशमा असहमति भए पक्ष र प्रतिपक्ष पुनरावलोकनका लागि एक तह माथिको अदालतमा निवेदन दिन पाउँने व्यवस्था कानूनमा छ।

राउत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग रकम लिएर सघाउने गरेको प्रमाण अनुसन्धान टोलीले फेला पारेपछि पक्राउ गरेको थियो।